जिन्दगी का पानाहरु


   जिन्दगी का पानाहरु
           
यहाँ थुप्रै गोरेटोहरु भेटिँदो रहेछ ।
आखिर ! मरुभुमी सरह जिवन लाई
लक्ष्यको सिचाइले भिजाइ दिँदा
सृजनाका बिरुवा उमारी देउ ।
खोज ! आफु भित्र पक्कै जिम्मवारी लुकेको छ होला ।
भिजाउ ! आत्माका कुना-कन्दाराहरु
आत्मालाई मल्-जल गरिकन ।
रोप कथा कविताका बिरुवाहरु
यसैलाई फलाउ, यसैको फूल टिपी तिम्रो भगवान लाई चडाउ
मांग तिमी भगवान सँग वरदान्
सधै भरी हरा भरा भइ पोखरी पसिना पढाई दिने
उमार बुद्धिका बिरुवाहरु
रोप आफ्नो योज्नाहरुलाई
भिजाउ पसिनाको थोपाहरुले
गर आफ्नो जिवन का निर्णयहरुलाई
जिन्दगीका पानाहरु पल्टाउन नछोड ।

  -श्रीमती कमला अधिकारी "उदासी"


Comments

Popular posts from this blog

PARAGLIDING: A NEW SPORT FOR ADVENTURE.

REMEMBERING THE BRAVE ONES