Posts

Showing posts from July 31, 2011

जब टेन्सन हुन्छ मलाई

जब टेन्सन हुन्छ मलाई, सिग्रेट सल्काई देउन भाई । यसैमा छ रुपैया धेरै , खान आउछन्, टाढा देखी धाई-धाई । जब लाग्छ धेरै खोकी, रोग ल्याउछ यसैले बोकी । दोकान मा पुगी किन्नलाइ छाम्छु खल्ती, हुन्दैन खानु भन्ने थाहा पाई गर्दैछु गल्ती । कापी छैन बाबा भन्दै रुन्छे छोरा (२), जुत्ता फाट्यो बाबा भन्दै रुन्छे छोरी, कत्तै कुनामा पो छ की खल्ती छाम्छु फेरी । जब टेन्सन हुन्छ मलाई, भट्टीमा जान्छु धाई-धाई । बसे म कुर्सिमा थ्याच्च गयी भट्टी साउनी पनि आज अल्छी भयी, बोट्ल लिई 'खै' कता गयी । पर्खी बसे म धेरै बेर साहुनी नै आउदिन् यसको चाल आज राम्रो छैन्, पक्का म रक्सी पाउदिन । जब म घर जान्छु श्रीमती कच्- कच् गर्छे, चामल छैन्, अन्धकार ले घेरी सक्यो, बत्ती अझै बाल्या छैन् । जब टेन्सन हुन्छ मलाई, चोक मा जान्छु बस्नलाई । 'खै' कता बाट सुन्दरी आई गार्हो भएन दिन बिताउन लाई, जहील्ये म जान थाले त्यहा धाई-धाई । जब टेन्सन हुन्छ मलाई