जब टेन्सन हुन्छ मलाई


जब टेन्सन हुन्छ मलाई,
सिग्रेट सल्काई देउन भाई ।
यसैमा छ रुपैया धेरै ,
खान आउछन्, टाढा देखी धाई-धाई ।

जब लाग्छ धेरै खोकी,
रोग ल्याउछ यसैले बोकी ।
दोकान मा पुगी किन्नलाइ छाम्छु खल्ती,
हुन्दैन खानु भन्ने थाहा पाई गर्दैछु गल्ती ।

कापी छैन बाबा भन्दै रुन्छे छोरा (२),
जुत्ता फाट्यो बाबा भन्दै रुन्छे छोरी,
कत्तै कुनामा पो छ की खल्ती छाम्छु फेरी ।

जब टेन्सन हुन्छ मलाई,
भट्टीमा जान्छु धाई-धाई ।
बसे म कुर्सिमा थ्याच्च गयी
भट्टी साउनी पनि आज अल्छी भयी,
बोट्ल लिई 'खै' कता गयी ।

पर्खी बसे म धेरै बेर साहुनी नै आउदिन्
यसको चाल आज राम्रो छैन्, पक्का म रक्सी पाउदिन ।
जब म घर जान्छु श्रीमती कच्- कच् गर्छे, चामल छैन्,
अन्धकार ले घेरी सक्यो, बत्ती अझै बाल्या छैन् ।

जब टेन्सन हुन्छ मलाई,
चोक मा जान्छु बस्नलाई ।
'खै' कता बाट सुन्दरी आई
गार्हो भएन दिन बिताउन लाई,
जहील्ये म जान थाले त्यहा धाई-धाई ।

जब टेन्सन हुन्छ मलाई




                                                                                                                -श्रीमती कमला अधिकारी "उदासी"


Comments

Popular posts from this blog

PARAGLIDING: A NEW SPORT FOR ADVENTURE.

Indian women education: - A historical perspective

KITE FLYING IN SIKKIM: A LOST JOY