मान्छे र कुकुर्
आमाको हातले घिस्याइएको झै खाली खुट्टै बल गरिरहेको एउटा बालकलाई झन्डै टोक्यो एउटा सम्पन्न कुकुरले मन्दिर कै अघाडि । प्रसादले नअघाएको कुपोशित बालकले एक्पल्ट हेर्यो सुविधासम्पन्न कुकुरलाई अनी हेर्यो रोगी असहाय आमालाई । के के वरदान माग्न धाउँछिन मन्दिर् थाङ्ना भएको मजेत्रो ओडेर ? सुखका सपनाहरु समेत देखन छोडेकी आमा के माँग्छिन देउताहरुसित हात जोडेर ? अनी किन हिँडछिन डराँउदै बाटोको छेउ छेउ मूल बाटो कुकुरहरुलाई छोडेर ? घाँटिमा साङ्लो भए पनि बलिया कुकुरहरु मान्छेलाई धम्क्याउँदै हिँड्छन् मन्दिरको द्वारतिर्, बाटतिर अनि सिँढिहरुतिर । डराउनु पर्छ कुकुरहरुसित् जीवनको रस हराएका हत्भागी मान्छेहरुले । बालकहरुको हातका प्रसादहरु जुठो लाउँदै हिँड्छन वैभवसाली कुकुरहरुले । जताततै जताततै मान्छेको बाटो छेक्छन भागयमानी कुकुरहरु ...