मान्छे र कुकुर्

आमाको हातले घिस्याइएको झै
खाली खुट्टै बल गरिरहेको एउटा बालकलाई
झन्डै टोक्यो एउटा सम्पन्न कुकुरले
मन्दिर कै अघाडि ।
प्रसादले नअघाएको कुपोशित बालकले
एक्पल्ट हेर्‍यो सुविधासम्पन्न कुकुरलाई
अनी हेर्‍यो रोगी असहाय आमालाई ।

      के के वरदान माग्न धाउँछिन मन्दिर्
      थाङ्ना भएको मजेत्रो ओडेर ?
      सुखका सपनाहरु समेत देखन छोडेकी
      आमा के माँग्छिन देउताहरुसित हात जोडेर ?
      अनी  किन हिँडछिन डराँउदै बाटोको छेउ छेउ
      मूल बाटो कुकुरहरुलाई छोडेर ?

घाँटिमा साङ्लो भए पनि बलिया कुकुरहरु
मान्छेलाई धम्क्याउँदै हिँड्छन्
मन्दिरको द्वारतिर्, बाटतिर अनि सिँढिहरुतिर ।

डराउनु पर्छ कुकुरहरुसित्
जीवनको रस हराएका हत्भागी मान्छेहरुले ।
बालकहरुको हातका प्रसादहरु
जुठो लाउँदै हिँड्छन वैभवसाली कुकुरहरुले ।

जताततै  जताततै
मान्छेको बाटो छेक्छन भागयमानी कुकुरहरु जस्तो
इतिहास र सत्य भुलेर दिग्भ्रमित छन तीनिहरु ।
चोर हरु चिन्दैनन कुकुरहरु
स्याल्हरुलाई खेददैन्न  कुकुरहरु
बरु मान्छेलाई भूक्छन्
बरु मान्छेलाई टोक्छन !!

अनी त्यसरी  हिजाज्
मान्छेले कुकुरहरुसित डराँउदै हिँड्नुपर्छ
मान्छेले कुकुरहरुबाट जोगिँदै हिँड्नुपर्छ
मान्छेले त्यसरी सुख शान्ति सुरक्षाको लागि
कुकुरहरुको अघाडी शीर झुकाउँदै
कहिले त पुजा अर्चना पनि गर्नुपर्छ
अनी कुकुरहरुसित बिनम्र हुँदै
कहिले त प्राथना पनि गर्नुपर्छ !!

अनी यस्तो लाग्छ कहिले काहि
मान्छे कुकुरभन्दा सानो हुन्छ
मान्छे आफ्नो स्वभिमान्देखि
बिरानो बिरानो हुन्छ !!

कुकुरहरु मान्छेको झोला सुँह्छन्
कुकुरहरु मान्छेको गोजी सुँह्छन्
कुकुरहरु मान्छेको परिचय पत्र माग्छन्
कुकुरहरु धेरैपल्ट मान्छेलाई नाँह्छन्

जताततै जताततै
कुकुरहरु बाटो छेकेर बस्छन्
मान्छेको भागय टेकेर बस्छन !!

                                                                                             - श्री बिजय कुमार सुब्बा

Comments

Popular posts from this blog

PARAGLIDING: A NEW SPORT FOR ADVENTURE.

Indian women education: - A historical perspective

KITE FLYING IN SIKKIM: A LOST JOY