सृष्टि नै विभाजन्को विक्रति
सृष्टि नै विभाजन्को विक्रति
आफ्नै सँग लडी लडी भगवान बाँड्छौ ,
मन्दिर त बाँडी सक्यौ ।
धरती पनि बाँड्यौ बाँड्यौ ,
कही कतै एक एक टुक्रा ,
आकाश पनि बाँड्न थाल्छौ ।
स्वाँस लिने पवन हाम्रो एउटै हो ,
तरै पनि बाँडिएकै छ ,
पानी सबैको एउटै छ ,
तरै पनि आफ्नो आफ्नै छ ।
कपास हाम्रो एउटै छ ,
त्यो पनि विभाजन्मा छ ,
बास पनि सबैको एउटै हो ।
त्यो पनि विभाजन्मा छ ,
गाँस पनि त्यस्तै त्यो पनि त्यस्तै ।
निन्द्रा सबैको एउटै हो ,
कसैलाई दिउँसो पनि ,
कसैलाई छैन राती पनि ।
के ? के ? त्यो विभाजन्ले समाज मा
नयाँ क्रान्ती ल्याँउछ ?
यहाँ रगत सबैको एउटै छ ,
तर पनि त्यै रगत ले रोग बाँडिरहेछ ?
सबै औषधी असक्त छन ,
जब ऐड्स्को औषधी अविष्कार भए ,
एउटा रोग त विभाजन नहोला ।
त्यसैले त भन्छु म सृष्टिनै विभाजन को विक्रती ।
- कवी श्री गोपाल "दिन्"
रेशिथाङ राङ्का
Comments
Post a Comment